Logo

१३ भदौ,काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलन केन्द्रित नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । दुई दिनसम्म काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा चलेको बैठकले सातै प्रदेशमा आउँदो ३ असोजमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय समेत गरेको छ ।

लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासनसत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोषण गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सोही अनुसार नेताहरुको जिम्मेवारी समेत तोकेका छन् । मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको निष्कर्ष बैठकले निकालेको छ ।

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

‘बैठकले सातै प्रदेशमा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकालने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाई गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय गरिएको छ’ बैठकपछि आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘दलाल दलतन्त्रको भण्डाफोर गरौं ! जनान्दोलनको दिशामा अघि बढौं !!’ भन्ने मुल नाराका साथ दुई दिनसम्म चलेको बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी, सदस्यहरुले गम्भिररुपमा छलफल गरेका थिए । आन्दोलनको आवश्यक्ता, महत्व, रणनीति सहित समसामयिक राजनीतिकको बारेमा अध्यक्ष प्रभु साहले पेश गरेको राजनीतिक प्रतिवेदनमा चर्काचर्की बहस भएको थियो । केन्द्रीय सदस्यहरुले राखेको सुझाव समेटने गरी साहको १८ पृष्ट लामो प्रतिबेदन परिमार्जन सहित पारित भएको थियो ।

पार्टीले तय गरेको आगामी आन्दोलनलाई थप बलियो, व्यवस्थित बनाउँनका लागि बैठकले बिभिन्न प्रदेशको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत तोको छ । प्रवक्ता साहका अनुसार कोशी प्रदेशको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा जुरीलाल मोचीलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह र अध्यक्ष उमेश कुशवाहा, बागमतीमा इन्चार्ज ज्ञानेन्द्र तामाङ र अध्यक्षमा रमेश थपलिया, गण्डकी प्रदेशमा इन्चार्ज तिलक थापामगर र अध्यक्षमा भोजराज त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा इन्चार्ज त्रिभुवन साह र अध्यक्षमा नारायण पाण्डेय, कर्णाली प्रदेशमा इन्चार्ज तिलक थापा र अध्यक्षमा सागर पाण्डेय, सुदुरपश्चिम प्रदेशमा इन्चार्ज समिना हुसैन र अध्यक्षमा भिम बुढा क्षेत्री र काठमाडौं उपत्यका विशेष कमिटीको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा देवी पण्डितलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी पार्टीको बिभिन्न महत्वपूर्ण विभागमा समेत जिम्मेवारी तोकिएको छ । विदेश विभागको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा साजन जयसवाल, स्कुल विभागको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा उदयचन्द्र प्रसाद, प्रचार प्रसार तथा प्रकाशन विभागको इन्चार्जमा चन्द्रभुषण साह र अध्यक्षमा मोहनजंग कार्की, महिला विभागको इन्चार्जमा कान्तिदेवी महतो र अध्यक्षमा सिमल साह, लेखा तथा अर्थ विभागको इन्चार्जमा नारायण श्रेष्ठ र अध्यक्षमा रञ्जु साहलाई जिम्मेवारी बैठकले तोकेको छ ।

‘बैठकबाट पार्टी केन्द्रीय समितिलाई पूनर्गठन गरिएको छ । साथै, प्रदेश लगायतका अन्य कमिटीहरुलाई पनि पूनर्गठन गर्ने, कमिटी गठन नभएका ठाउँहरुमा कमिटी गठन गर्ने तथा जबसहरुको पूनर्गठन र राष्ट्रिय भेला एवं सम्मेलनहरुको आयोजनामार्फत हाम्रा घोषित संघर्ष एवं आन्दोलनका कार्यक्रमहरुको सफलताको आधारलाई थप सृदृढ़÷मजबूत गर्ने निर्णय गरिएको छ’ आजपाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैगरी बैठकले विश्वस्तरमा फैलिएको आम नेपाली जनतालाई एकताबद्ध गर्न तथा पार्टीको संगठन सञ्जाललाई थप प्रभावकारी एवं विस्तार गर्न प्रवासको जिम्मेवारी समेत नेताहरुलाई तोकिएको छ ।

भारतको इन्चार्जमा विजय यादव, अध्यक्षमा केवी रावत, मलेशियाको इन्चार्जमा उमेश कुशवाहा र अध्यक्षमा जितेन्द्र यादव, खाडीमुलुकको इन्चार्जमा लालबाबु मंसुर र अध्यक्षमा जागेश्वर क्षेत्री, अष्ट्रेलियाको इन्चार्जमा तिलक थापा र अध्यक्षमा ध्रुव गौतम, अमेरिकाको इन्चार्जमा ज्ञानेन्द्र तामाङ र अध्यक्षमा सुलभ कार्कीलाई जिम्मेवारी तोकिएको छ ।


सम्बन्धित समाचार