Logo

१४ भदौ, काठमाडौं ।  बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अगस्ट ३० तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र तत्कालीन विद्रोही माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो ।

२०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराउने भनिए पनि पूरा भएको छैन । द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोगमा दुई हजारभन्दा धेरै उजुरी परेको छ ।

आज दिवस मनाइरहँदा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाका आफन्तहरुले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन् । राज्यबाट पटकपटक पीडितहरूलाई झुक्याइएको उनीहरुको गुनासो छ । दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका कतिपय प्रावधान पीडितमैत्री नभएको पनि उनीहरुले बताएका छन् ।


सम्बन्धित समाचार