Logo

१४ भदौ,वीरगञ्ज । धनुषामा सामान्य विवाद हुँदा एकजनाको हत्या गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगमको डिपोमा सामान्य विवाद हुँदा एक जनाको हत्या गरिएको हो ।

धनुषा प्रहरीका अनुसार हत्या हुनेमा सिरहा नगरपालिका वडा नम्बर ३ निजासी राकेश कुमार बर्मा रहेका छन् । डिपोको फोहोर उठाउने विषयमा सामान्य विवाद हुँदा बर्माको हत्या गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
फोहोर उठाउने विषयमा विवाद हुँदा ज्यालादारीमा काम गर्ने अर्का कर्मचारीले बेल्चाले प्रहार गर्दा बर्माको मृत्यु भएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।

उनका अनुसार दुबै जनाबिच आज विहान साढे दशबजे नेपाल आयल निगमको डिपोमा विवाद भएको थियो । हत्या गर्ने धनुषा वडा नम्बर ४ निवासी प्रकाश यादवलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका यादवसंग घटनाबारे सोधपुछ चलिरहेको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनुसार मृतक पूर्व पत्रकार पनि थिए ।


सम्बन्धित समाचार