Logo

१४ भदौ,वीरगञ्ज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आजपनि मुरलीचोकमा ट्राफिक सचेतना सम्बन्धि अभियानलाई जारी राखेको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साको आयोजनामा बिरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौकमा पैदल यात्री,साईकल चालकहरु समेतलाई जेब्रा क्रसिङ गर्दा दाया बाँया हेरेर मात्र बाटो क्रस गर्ने, ट्राफिक संकेत, ट्राफिक लाईट, हेल्मेटको क्लिप लगाउने लगायतको बारेमा सचेत गराईएको थियो ।

सडकमा सवारी साधन चलाउने चालक र पैदल यात्री गरि ६०÷६५ जनालाई सम्झाई बुझाई गरिएको सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधान (दिलिप) ले जानकारी दिनुभयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सर्राफ, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी सहायक हवलदार लालु माया महतो लगायत सहभागी भएका थिए ।


सम्बन्धित समाचार