Logo

१४ भदौ,काठमाडौँ । चिकित्सा शिक्षा आयोग ले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले शुक्रवार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१÷०५÷१४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको हो ।

परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्न पत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तर पुस्तिकाहरू रद्द गरिएको छ ।

शैक्षिक सत्र २०८१÷०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो।

हेर्नुहोस् नतिजा

 


सम्बन्धित समाचार