१५ भदौ, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रबाट सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द भएको छ । पोखरिया वितरण केन्द्रले एक सूचना जारी गर्दै भदौ १६ गते आईतबारदेखि सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द गरिएको जनाएको हो । अर्को व्यवस्था नहुन्जेलसम्म उक्त मिटर बिक्री वितरण बन्द गरिएको केन्द्रले जनाएको छ ।
सिंगल फेज ईनर्जी मिटिर बिक्री वितरण के कारणले बन्द गरिएको हो भन्ने सूचनामा उल्लेख गरिएको छैन । तर पोखरिया वितरण केन्द्रका एक कर्मचारीका अनुसार प्रदेशमा उक्त मिटर सकिन लागेको जानकारी छ । त्यसकै कारण बिक्री वितरण बन्द गरिएको हुन सक्ने उनले बताए ।
यस विषयमा केन्द्रका प्रमुख बुद्धिनाथ झा सँग प्रतिकृया लिन खोज्दा उनको फोन उठेन ।
यसैबिच पोखरिया वितरण केन्द्रबाट सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द भएको सूचनाप्रति आम जनता पार्टी (आजपा) ले ध्यानाकर्षण भएको जनाएको छ ।
मिटर वितरण बन्द गरी आम जनतालाई सेवाबाट बन्चित गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको आजपा मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहाले बताए ।
उनले आज समाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उक्त मिटरको बिक्री वितरण तत्काल सुचारु गर्न प्राधिकरणलाई अनुरोध गरेका छन् ।