Logo

१५ भदौ,वीरगञ्ज । नेपाल तरूण दल पर्साले आज आयोजना गरेको रक्दानमा १ महिला सहित १२२ जनाले रक्तदान गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलका पर्सा अध्यक्ष विकास तिवारीको अध्यक्षतामा वीरगञ्जको माईस्थानमा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा १ जना महिला सहित १२२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका राजन श्रीवास्तवले बताए ।

रक्तदान गर्नेहरुमा समीर मंसुरी,शेष हजरा, प्रिती गुप्ता,नाजिर अन्सारी ,राहुल रौनियार ,मुकेश गौरे,त्रिलोकी साह,किरण पाण्डे ,मन्टु साह,बिशाल साह,बिरबहादुर राम,उदय यादव,इरफना खान,सुनिल साह,रोहीत साह,बिजय कुमार साह , लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले बताए ।

रक्तसञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भइरहने हुँदा मृत्युसँग लडिरहेका बिरामीहरूको रगतको अभावमा ज्यान नजाओस भनेर रक्तदान गरेको तरूण दलका जिल्ला अध्यक्ष विकास तिवारीले बताउनुभयो ।
प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा तरूण दल पर्साका पदाधिकारी तथा सदस्यहरू र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार