Logo

१५ भदौ,राजविराज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फिनिज)मधेश प्रदेश समितिकाले प्रदेश महासचिव एवम् न्यूज टुडे दैनिक पत्रिकाका कार्यकारी सम्पादक बृजमान तामाङलाई समाचार लेखेकै निहुँमा सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ स्थित कन्छु नरप्रताप माध्यमिक विद्यालय रायपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर र रुपनी गाउँपालिकाका निवर्तमान वडा अध्यक्ष पिताम्वर यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ठाकुर र यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सामाजिक संजालमा लेखिएको आपत्तिजनक शब्दप्रति निन्दा व्यक्त गर्दै फोनिज प्रदेश समितीद्वारा जारी प्रेस विज्ञप्तिमा ठाकुर र यादवले लेखेको शब्दप्रति घोर निन्दा एवम् भर्त्सना गर्दै दोषी उपर कडा कारबाहीको माग समेत गरेको छ ।

पछिल्लो समयमा पत्रकारहरुमाथि दुर्व्यवहार तथा आक्रमणको घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोकन जोडदार माग राख्दै फोनिजद्वारा जारी विज्ञप्तिमा सुनुवाइ नभए कडा संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

पत्रकार तामाङले महालेखा परिक्षकको प्रतिबेदनको आधारमा न्यूज टुडे दैनिक पत्रीकामा शुक्रबार ठाकुरले गाउँप्पलिकाबाट आफ्नो निजी खातामा सोझै भुक्तानी लिएको विषयमा समाचार प्रकाशित गरेका थिए ।


सम्बन्धित समाचार