Logo

१५ भदौ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

प्रहरी सामुदायिक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा, हिमालयन क्याटार्याक्ट तथा तिलगंगा आँखा अस्पताल र बहुदरमाई युवा समाजको आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

शिविरको उद्घाटन गर्दै नेपाली कांग्रेसका युवा नेता राकेश यादबले शिविरको आयोजना गरी ग्रामिण क्षेत्रका नागरिकको निशुल्क आँखा जाँच गर्नुका साथै मोतियाबिन्दुको उपचार गर्ने अभियान सुरु गरिएको बताए ।

नगरपालिकाका ९ वटै वडामा शिविर राखेर मोतियाबिन्दु देखिएकाहरुको निशुल्क उपचार गरी यस वर्षभित्र बहुदरमाईलाई मोतियाबिन्दु मुक्त बनाउन आफुहरु लागि परेको पनि उनले बताए । शिविरमा १ सय २८ जनाको आँखा जाँच भएकोमा ५३ जनामा मोतियाबिन्दुको समस्या देखिएको शिविरमा खटिएका आँखा अस्पतालका मेडिकल अधिकृत महेस धामीले जानकारी दिए ।

शिविरमा फेला परेका मोतियाबिन्दुका विरामीलाई आइतबार वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यकृया गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।
युवा समाजका अध्यक्ष कृष्ण कुश्वाहा, सचिव सुवास प्रजापति, कोषाध्यक्ष राकेश तिवारी लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार