Logo

१५ भदौ,काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुर्नगठन भएको छ । काठमाडौंमा आज सम्पन्न एक भेलाबाट मोर्चाको अध्यक्षमा कुमारी बबिता सर्वसम्मत चयन भएकी छन् ।
बबिताको अध्यक्षतामा ७६ सदस्यीय महिला मोर्चाको केन्द्रीय कमिटी गठन भएको हो । भेलाले देशमा रहेको जनसंख्याको आधारमा राज्यको हरेक तह र निकाय ५१ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने माग समेत गरेको छ ।

मुलुकमा भएको हरेक आन्दोलनमा महिलाहरुको सहभागिता रहेको भए पनि महिलालाई ३३ प्रतिशतमा सिमित राख्नु न्यायसंगत नभएको अध्यक्ष बबिताले जनाएकी छन् । यस्तै महिलाको हकअधिकार एवं महिला हिंसाको बिरुद्धमा देशव्यापी बिभिन्न संघर्षका कार्यक्रम गर्ने मोर्चाले निर्णय गरेको छ ।

‘सरकार, व्यवस्थापिका, न्याय, आयोग, सेना, प्रहरी, कर्मचारी देखी राज्यको हरेक अंग र निकाय जनसंख्याको आधारमा महिलाको सहभागिता ५१ प्रतिशत हुनुपर्छ । सरकारले हाम्रो माग सम्बोधन नगरे यसका लागि हामी बाध्य भएर आन्दोलनमा उत्रिन्छौं’ महिला मोर्चाकी अध्यक्ष बबिताले भनिन् ।

भेलाले उपाध्यक्षमा रुपसागर उपाध्याय, रन्जुकुमारी साह, हेमादवी साह, सावित्री चौधरी, चन्दाकुमारी साह, महासचिवमा सिमा जयसवाल, उपमहासचिवमा सबिता बुढाथोकी, रिना पटेल, सचिवमा देवकुमारी साह, सकिना खातुन, सुनिता महतो, विभा साह, मंजु कुशवाहा र कोषाध्यक्षमा मिनादेवी साह सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा फुलबदन देवी, सिवानी साह, किरण यादव, आशादेवी कानु, पुजा कुशवाहा, सोविता गोतामे, हरिकला देवकोटा, रेखा साह, कोशिला देवी साह, डा.स्रष्टा कौशित, मधु चौधरी, ममता चौधरी, कनन सिंह (ममता साह), प्रेमा देवी साह, पुजा गुप्ता, श्रीदेवी श्रेष्ठ, उमा सापकोटा, बिमल भुजेल, डम्बर कुमारी सन्कर, घुर्मी देवी खत्वे, सरस्वती तामाङ, सन्ध्या पासवान, उमा तमाङ, पुनम थापा, लक्ष्मी सुनार सविता देवी साह, इन्द्रवती देवी साह, मन्जु राउत, सोनामती राम, अन्जु यादव लगायतका रहेको मोर्चाका इन्चार्ज देवी पण्डित र अध्यक्ष कुमारी बबिताले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार