Logo

१५ भदौ,सेढवा । पर्साको ग्रामीण भेगमा निजी तथा सार्वजनिक रुपमा बृक्षारोपण गर्ने आकर्षण बढेका छन। यस क्षेत्रका जिराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायतका गाउँपालिकाहरुमा केही बर्षदेखि बृक्षारोपण गर्न सर्वसाधारणहरु जागरुप भएका छन।

जगरनाथपुर गाउँपालिका वडा नं २ जानकीटोला निवासी बादशाह साहका अनुसार पाच कट्ठा जमिनमा करिब साढे तीन सय बिरुवा रोपेका बताए। तिब्र रुपमा बढेका वन बिनाशका कारण अहिले जंगलबाट काठ दाउरा ल्याउन प्रतिबन्ध भएका कारण भोलीका लागि घरका लागि चाहिने बिभिन्न कामकाजका लागि बृक्षारोपण गरेको साहले बताए। यसका रुख उत्पादन भएपछि घरका लागि चाहिने फर्निचर, तथा बिक्री गरेर पनि आम्दानी कमाउन सकिने साहको भनाई रहेका छन।

यस क्षेत्रका बासिन्दाहरुले बाली नाली लगाउन नसकिने खोला नदीको किनारमा बृक्षारोपण गर्ने गरेका बताएका छन। यस्ता क्षेत्रमा बृक्षारोपण गर्दा खोलाले गर्ने कटानीबाट जोगाउने गरेका किसानहरुले जनाएका छन।

निजी वन लगाउनुको साथसाथै सार्वजानिक रुपमा पनि वन लगाउने र त्यसको संरक्षण गर्ने कार्य पनि बढेका छन। जगरनाथपुर गाउँपालिकाले समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत चौध बिघा क्षेत्रफल जग्गामा सार्वजनिक वन लगाएका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले बताए।

वडा नं २ दशौतामा १० बिघा र वडा नं ४ सुहपुर सोहरी हुलाकी सडकको भलुवाही खोला निर चार बिघा जमिनमा चार बिघा जमिनमा बृक्षारोपण गरिएको अधिकृत रायले बताए। यसका साथै अब आउने निजामति कर्मचारी दिवसको अवसरमा बिभिन्न सामूदायिक बिद्यालयको हातामा समेत बृक्षारोपण गर्ने अधिकृत रायले बताए।

यी वनमा सफेता, शिरिश, सैगवान, रातरानी, आप, कटहर, अम्वा, अशोक लगायतका बोटबिरुवाको बृक्षारोपण भइरहेका छन। पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरीले यस पटक पन्ध्र बिघा क्षेत्रफल जग्गामा बृक्षारोपण भइरहेको बताए। बढदो वन बिनाश तथा बिश्वमा बढ्दै गएको कार्बनका कारण पृथ्वीको तापमान बढेकोले रुख बिरुवा लगाउनु आवश्यक रहेको अध्यक्ष चौधरीले बताए। असाधारण रुपमा पृथ्वीको तापमान तथा वातावरण असन्तुलन भएका कारण रुख बिरुवा लगाउने अभियान नै सन्चालन गरेको अध्यक्ष चौधरीले बताए।

डिभिजन वन कार्यालय पर्साका सूचना अधिकारी संजय कुमार चौरसियाले बृक्षारोपणका लागि आवश्यकता अनुसार निःशुल्क रुपमा बिरुवा उपलब्ध गराउदै आएको बताए। निजी तथा सार्वजनिक रुपमा वन लगाउन चाहने व्यक्तिहरुलाई नजिकका डिभिजन वन कार्यालय पर्साका नर्सरीबाट बिरुवा उपलब्ध हुने अधिकारी चौरसियाले बताए।

बसन्तपुर, रंगपुर, मनवा, बढनियार, सबैया र सोलकपुर सब डिभिजन वन कार्यालय को साथै बीरगंज चिनी करखाना, सबैठवा र रानीगंज पोखरियामा गरी ११ लाख ५३ हजार एक बर्षे र दुई बर्षे बिरुवा उत्पादन गरेको अधिकारी चौरसियाले बताए।


सम्बन्धित समाचार