Logo

१५ भदौ,वीरगञ्ज । जल,जङ्गल,वातावरण र सामाजिक सुरक्षण सम्बन्धी तालिम ठोरी गापा –५ , सुवर्णपुरमा आजदेखि सुरु भएको छ ।

सुवर्णपुरको वडा कार्यालयमा २ दिनसम्म चल्ने तालिममा वातावरण , जलवायु परिवर्तन ,सुरक्षित वसोवासका निमित्त स्वच्छ वातावरण लगायत विविध विषयमा सहभागीहरुलाई जानकारी गराइने आयोजकले जनाएको छ ।

युएसएआईडीको आयोजनामा सन्चालित कार्यक्रममा वडाध्यक्ष अष्ट बहादुर लोप्चन ,वडा सदस्यहरु , संरक्षणका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत ५० जनाको सहभागिता छ । कार्यक्रमले स्थानीयलाई वातावरण संरक्षणका क्षेत्रमा जागरुक बनाउने कार्यक्रमका सहजकर्ता विक्रम चौधरीले बताउनुभयो ।

सुवर्णपुरबाट सुरु भएको कार्यक्रम ठोरीका सबै वडामा क्रमशः सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।


सम्बन्धित समाचार