Logo

१६ भदौ,काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।


सम्बन्धित समाचार