Logo

१६ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार उनले निवेदन दिएका हुन् ।

पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने गएको असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको उनले जिकिर गरेका छन् । उक्त निर्णय पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन् ।

डा. ढकालको निवेदनको पूर्णपाठ पढ्नोस्–

Punarabedan-1725172420


सम्बन्धित समाचार