Logo

१६ भदौ,वीरगञ्ज । बारा प्रहरीले बिल भरपाइ नभएको विभिन्न खुद्रा सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले बिल भरपाइ नभएका ३८ लाख ७३ हजार भन्दा बढीको खुद्रा समानहरु बरामद गरेको हो ।

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ३ ख ८१०३ नम्बरको ट्रकलाई जाँच गर्दा प्रहरीले ३८ लाख १५ हजार ४५७ रुपैयाँ बराबरको स्रोत खुलाउन नसकेको सामान बरामद गरेको हो । प्रहरीले उक्त ट्रकबाट किराना समान, पेन्टस, स्पेर्यस पार्टस र मोटर पार्टस बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

यसैगरी पथलैयाबाट प्रहरीले ५८ हजार मूल्य बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेको हो । बरामद भन्सार छलीका सामान र ट्रक आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको बारा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार