Logo

१७ भदौ, बारा । प्रमुख प्रशासकिय अधिकृत माथीको दुव्र्यवहारले त्रास बढाएको भन्दै अवस्था सुधारको माग सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरुले पेनडाउन गर्ने भएका छन् । कर्मचारीहरुले कार्यस्थलमा सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै आइतबार नगर प्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएर भदौ १७ गते सोमबार देखि पेनडाउन गर्ने चेतावनी दिएका हुन् ।

गएको बिहिवार प्रमुख प्रशासकिय अधिकृत माथी जनप्रतिनिधिले दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरुले आफूहरुमा असुरक्षाको त्रास बढेको दुखेसो गरेका छन् । संविधानको भावना र मर्मलाई आत्मासाथ गर्दै सेवामा खटिंने कर्मचारी बिच बढ्दै गएको असुरक्षाले सेवा प्रवाह कमजोर बन्ने विषयमा दुई मत नरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

वडा सचिवहरुको आन्तरिक सरुवा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २०५० च बमोजिम गरिएको विषयमा कुन कानून÷कार्यविधिमा टेकी मनपरि ढङ्गबाट गरिएको भनि कार्यकक्षमै जम्मा भई प्रमुख प्रशासकिय अधिकृत लाई गालिगलौज गर्नु अत्यन्तै खेदजनक रहेको ज्ञापनमा उल्लेख छ ।

उनीहरुले पछिल्लो घटना पश्चात् निर्धक्क भएर जनतामा सेवा प्रवाह गर्ने अबस्था नरहेको भन्दै १७ गते देखि अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने बारे ज्ञापन पत्र मार्फत नगरप्रमुखलाई जानकारी गराएको हुन् ।

“आगामि दिनमा कार्यस्थलमा सुरक्षाको प्रत्याभुति दिलाउन, काम गर्ने सहज बातावरण बनाउन एवं भयरहित वातावरणमा सेवा प्रदान गर्ने सुनिश्चितता नभएसम्मका लागि मिति २०८१/०५/१७ गते देखि यस उपमहानगरपालिका तथा उपमहानगरपालिका मातहतका कार्यालयहरुबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिने र यस बाट सेवाग्राहिमा पर्न जाने असुविधा प्रति स्वयं जनप्रतिनिधिहरु नै जिम्मेवार रहने छन् ।” ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पौडेलले कार्यालय तथा कर्मचारीको सुरक्षाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै पेन डाउन गरेर नगरवासीको सेवा पाउने अधिकारलाई कुण्ठित नपार्न आग्रह गरे । उपमहानगरपालिकाको तर्फबाट एक विज्ञप्ति जारि गर्दै पौडेलले प्रमुख प्रशासकिय उपर भएको अमर्यादित व्यवहार प्रति खेद जनाउँदै कर्तव्य पालक कर्मचारीहरुलाई काम गर्ने वातवरण मिलाइने प्रतिवद्धता जनाए ।

विज्ञप्ति मार्फत अवस्थालाई सहज बनाउन तथा सेवा प्रवाहमा कुनै किसिमको अवरोध पुग्ने कार्य नगर्न तथा नगराउन समेत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै नगर प्रमुख पौडेलले कर्मचारीहरुलाई त्रसित नहुन तथा पेनडाउन नगर्न अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार