Logo

१८ भदौ,सेढवा। पर्साको ग्रामीण भेगका माध्यमिक बिद्यालयहरुमा संचालित ११ कक्षा विद्यार्थी नहुँदा संकटमा परेका छन्। कक्षा ११ का लागि बिद्यार्थीहरु भर्ना नहुँदा कक्षा संचालनमा समस्या उत्पन्न भएको हो । कतिपय बिद्यालयमा कक्षा ११ मा एक जनापनि बिद्यार्थी भर्ना भएका छैनन्।

यस बर्ष भएको माध्यमिक शिक्षा परिक्षा SEE मा एकदमै कम बिद्यार्थी उतीर्ण भएकाले कक्षा ११ का बिद्यार्थी नपाएको शिक्षकहरुको भनाई छ । ठोरी गाँउपालिका वडा नं ४ मा रहेको उच्च माध्यामिक बिद्यालयका प्रधानाध्यापक नारायण लामाले अहिले सम्म एक जना पनि बिद्यार्थी कक्षा ११ मा भर्ना नभएको बताए।

यस बिद्यालयबाट माध्यामिक शिक्षा परिक्षामा ११ जना उतीर्ण भएको तर सबै बिद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका लागि प्रमाण पत्र लिएर बाहिर गएको प्रधानाध्यापक लामाले बताए।

माध्मिक शिक्षा परिक्षा SEE परिक्षाको ग्रेड बृद्धि परिक्षा बिद्यार्थीहरुले दिएकाहरुको रिजल्ट आएपछि कक्षा ११ का लागि भर्ना गराउन बिद्यार्थीहरु आउने आशा रहेको प्रधानाध्यापक लामाले बताए।

त्यस्तै ठोरी गाउँपालिका वडा नं ५ मा रहेका ज्ञान बाटिका माध्मिक बिद्यालय सुवर्णपुरमा पनि कक्षा ११ मा जम्मा तीन जना बिद्यार्थी रहेका शिक्षकहरुले जनाएका छन। यहाका शिक्षकहरुले पनि SEE को ग्रेड बृद्धि परिक्षाको रिजल्ट कै प्रतिक्षामा रहेका जनाएका छन।

यता जिराभवानी गाउँपालिकामा रहेका ने रा मा बि सेढवाका प्रधानाध्यापक खेमराज महतोले कक्षा ११ को पठनपाठन शुरु भएको दुई साताभन्दा बढि समय बिति सक्दा पनि कक्षा ११ मा १०र११ जना बिद्यार्थी मात्र भर्ना भएको बताए।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा रहेका मा बि मसिहानीमा पनि हालसम्म कक्षा ११ मा १४ जना बिद्यार्थी रहेका प्रधानाध्यापक हसमोदिन राउत गदीले बताए।

तर SEE को ग्रेड बृद्धिको परिक्षा दिएका केही बिद्यार्थीहरु कक्षा ११ को कक्षा लिइरहेको प्रधानाध्यापक गदीले बताए। कक्षा ११ का बिद्यार्थीहरुका लागि यहा पनि ग्रेड बृद्धि परिक्षाको रिजल्टको प्रतिक्षामा रहेका छन।


सम्बन्धित समाचार