Logo

१८ भदौ, वीरगञ्ज ।  नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सूची अनुसार पर्साका तीनवटा इकाईका प्रमुखहरुको पनि सरुवा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजङ्ग थिङ, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको सरुवा भएको छ ।

खतिवडाको मानव बेचविखन अनुसन्धान ब्यूरो पिलर ४ टर्की, अफ्रिका र अन्यमा सरुवा भएको छ । उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रबन्ध शाखा धनगढी कैलालीबाट लोकराज भट्ट आउने भएका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक थिङको मानव बेचविखन अनुसन्धान ब्यूरो पिलर २ मध्यपूर्व, दक्षिण पूर्व र पूर्व एशिया हेर्ने गरी सरुवा भएको छ । उनको ठाउँमा प्रहरी वृत्त लैनचौर काठमाडौं अपराध नियन्त्रण शाखाबाट श्याम कुमार बस्नेत आउने भएका छन् ।

त्यसैगरी वडा प्रहरी कार्यालय वीर्ताबाट नेपाल प्रहरी प्रहरी प्रधान कार्यालय प्रशासन विभागको बजेट शाखामा सरुवा भएका प्रहरी निरीक्षक प्रहरी निरीक्षक पुष्कर बोगटीको ठाउँमा प्रहरी वृत्त काठमाडौंको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका निरोज चौलागाईँ आउने भएका छन् ।


सम्बन्धित समाचार