Logo

१८ भदौ,काठमाडौं। नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संसदीय दलमा राष्ट्रिय दलकोसमेत मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादीको भविष्य संकटमा परेको छ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पदाधिकारीहरू सबै मिलाएर अगाडि बढ्नु पर्नेमा आफैंले गुट सक्रिय पारेपछि सिंगो पार्टीकै भविष्य धरापमा परेको हो।

पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनबाट अध्यक्ष नेपाल पक्षका नेताहरू निर्वाचित भएका छन्। गत मंगलबार साँझ भएको निर्वाचनको मतगणनाबाट नेपाल पक्षका नेताहरू निर्वाचित भएका हुन्।

वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका घनेन्द्र्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुषाललाई वरिष्ठ नेता बनाउने सहमतिसँगै राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

तर दावी गरेर पछि सरेका बस्नेत, हमाल र भुसाल माधव नेपाल समूहका नेताहरू हुन्। एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो।

यसअघि दशौं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन।

केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भए पनि त्यो सम्भव नभएपछि निर्वाचन भएको थियो। मतदानमा गुटगत प्रतिस्पर्धा भएको थियो। अध्यक्ष नेपाल पक्षले पदाधिकारीहरूमा जिताउनुपर्ने नेताहरूको नामावली (चिट) बाँडेको थियो।

माधव नेपालले जब कुनै पनि बेला मौला मिलेमा एमालेमा फर्कनका लागि खुट्टा उचालिरहेका छन् भने अब उनलाई बोकिरहनुको कुनै तुक नभएको भन्दै पदाधिकारीबाट हटाउनुमै वेश हुने ठानेर त्यस्तालाई पहिले नै ठेगान लगाएको उनी निकट एक नेताले बताए।

सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकमारी झाक्रीको नाम हटाइएको थियो। उनी पराजित भइन्। यो पदमा झाक्री र जयन्तीदेवी राईको प्रतिस्पर्धा थियो। जसमा राई निर्वाचित भइन्। मधेसी समदायका उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ।

झाको प्रतिस्पर्धामा धर्मेन्द्रप्रसाद साह थिए। जसमा साह निर्वाचित भएका छन्। खुला उपाध्यक्षहरूमा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशीले जिते।

ज्वाला फरक कित्ताबाट विजयी भएका हुन्। माधव नेपाल पक्षको चिटमा डा.विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाइएको थियो। पछिल्लो पटक ज्वाला र पौडेलसँग नेपाल असन्तुष्ट छन्। चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह, राजेन्द्र राई विजयी भएका छन्।

४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । ७ सचिवमा चन्द्र शाही, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, टेकबहादुर वाइवा र कृष्ण नेपाली विजयी भए।

वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका भएका हुन्। ५ खुला सचिचका लागि भएका निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वाला बाहेक कोही पनि परेका छैनन्।

माधव नेपालको सूचीमा नपरेका अर्का साह पनि निर्वाचित भएका छन्। पूर्व एमाले हुँदै माओवादीबाट नेकपा एसमा आएका झा उपाध्यक्षमा पराजित भएका छन्। मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगतराजनीति छरपष्ट भएपछि यो पार्टीको भवष्य संकटमा परेको टिप्पणी हुन थालेको छ।

अहिले पराजित हुनेहरू प्रायः एमालेमा फर्कनका लागि प्रयास गरिरहेकाहरू परेको बताइएको छ। माधव नेपालले जब कुनै पनि बेला मौला मिलेमा एमालेमा फर्कनका लागि खुट्टा उचालिरहेका छन् भने अब उनलाई बोकिरहनुको कुनै तुक नभएको भन्दै पदाधिकारीबाट हटाउनुमै वेश हुने ठानेर त्यस्तालाई पहिले नै ठेगान लगाएको उनी निकट एक नेताले बताए।

अब पार्टीको भविष्य पनि खतरमा परेको माधव नेपाल निकट नेताहरु नै बताउन थालेका छन्। तर पदाधिकारीमा हारेकाहरुले पोलिटव्युरोमा भने राम्रो मत पाएर विजयी भएका छन्।

 


सम्बन्धित समाचार