Logo

१८ भदौ,काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् । सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे ।

उनले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न सुरु भएको हो कि होइन भन्दै सरकारसँग जवाफ मागेका छन् ।


सम्बन्धित समाचार