Logo

१८ भदौ,काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता सेप्टेम्बरसम्म डेंगी संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २ सेप्टेम्बरसम्म ६ हजार ८३१ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये चार हजार ७७ जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको तुलनामा तेब्बरभन्दा बढी हो ।

यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३ हजार २२९ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीमा ७६४, पर्वतमा ६५७, काठमाडौंमा ५५२, चितवनमा ५५३, गोरखामा २६२, झापमा १६८, मकवनापुरमा १२५, ललितपुरमा ११९, स्याङ्जामा ११५, भोजपुरमा १०४, पाल्पमा ११०, काभ्रेमा १० र कैलालीमा १०३ जना संक्रमित भएका छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

 


सम्बन्धित समाचार