Logo

२० भदौ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले ११ लाख ३३ हजार ३ सय दश रुपैंया बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका १६ ईनर्वा स्थित विभिन्न सीमा नाकाहरुबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका १० लाख ५६ हजार ३ सय ३० रुपैंया बराबरको सामान बुधबार बरामद गरेको हो ।

विभिन्न सवारी साधनहरुमा लोड गरेर तथा स्वयम् व्यक्तिले पैदल बोकेर नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

आशंका लागेर सवारी तथा व्यक्ति उपर चेकजाँच गर्ने क्रममा अवैध रुपले ल्याएको किराना सामान, कपडा, जुत्ता, मोवाईल पार्टस र कम्प्युटर पार्टस बरामद गरिएका हुन् ।

यसैविच सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. अमरपट्टीले ७६ हजार नौ सय असी रुपैंया बराबरको कपडा बरामद गरेको छ । विन्दवासिनी गाउँपालिका ३ छठघाटबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको सो परिमाणको कपडा बरामद गरिएको छ ।

बरामद सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।


सम्बन्धित समाचार