Logo

२० भदौ,वीरगञ्ज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वीरगञ्जबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई आज सम्मान गरेको छ ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको अठारौं राष्ट्रिय दिवसको अवसरमा मन्त्रालयले काठमाडौंमा आयोजना गरेको एक समारोहका बिच पत्रिकालाई सम्मान गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सूडीले पत्रिकाका सम्पादक कविता खड्कालाई दोसल्ला अ‍ेढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।

मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा लेख, रचना तथा अन्य समाचार सामाग्री प्रकाशन गरि महत्वपूर्ण योगदान पु¥याएको भन्दै मध्य नेपाल सन्देश पत्रिकालाई सम्मान पत्र प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

मधेश प्रदेशमा महिलाहरुको समुहले संचालन गरेको मध्य नेपाल सन्देश पत्रिका मन्त्रालयबाट सम्मानित भएकोमा मन्त्री सूडीले शुभकामना दिदै आगामी दिनमा पनि सकृय योगदानको अपेक्षा औल्याउँदै पत्रिकाको उत्तरोतर प्रगतिको कामना गरे ।

मध्य नेपाल पत्रिका मन्त्रालयबाट सम्मानित हुँदा सम्पादक कविता खड्काले खुसी व्यक्त गर्दै यसमा कर्मचारी समुहको ठुलो योगदान रहेको बताईन् ।

मध्य नेपाल टिमसँग आवद्ध रहेका ईमान्दार र पत्रकारितालाई बुझ्ने पत्रकारकै कारण पत्रिकाले यस सम्मान हासिल गर्न सफल भएको सम्पादक कविता खड्काले बताईन् ।

उनले पत्रिकासँग आवद्ध पत्रकार, कर्मचारी, विज्ञापनदाता, पाठकवर्ग, शुभचिन्तक तथा शुवेच्छुकहरुलाई धन्यावाद ज्ञापन गरिन् ।

 


सम्बन्धित समाचार