Logo

२० वीरगञ्ज, भदौ । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरुले शान्ति सुरक्षाको माग गरेका छन् । केही व्यक्तिहरुले कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई कार्यालय समयमा आएर गरेको दुव्र्यवहार गर्ने दोषीहरुलाई कारवाही गरेर शान्ति सुरक्षा कायम नगरे आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

केही दिन अघि अनाधिकृत रुपले धम्की समेत दिदै चन्दाको नाममा भूमिसुधार तथा मालपोत कार्यालयमा पैसा असुल्न आइरहेकोमा कार्यालयका कर्मचारीहरुले चन्दा दिन नमानेपछि आक्रोशित व्यक्तिहरुले भदौ १८ गते मध्यान्ह १२ बजे सुनियोजित ढंगले कार्यालय समयमा कार्यालय प्रमुखमाथि मूल गेटमै हातपात तथा गाीलगलौज गरि सरुवा भएर जाने धम्की दिएको घटना प्रति भत्र्सना गर्दै कर्मचारीहरुले सुरक्षाको वातावरण बनाउन माग गरेका हुन् ।

कार्यालयका सम्पूर्ण कर्मचारीहरुले आज विज्ञप्ति जारी गर्दै कर्मचारीहरुलाई भ्रष्टाचारीको आरोप लगाई गाली बेईज्जती गरि सिंगो कर्मचारीहरूको काम गर्ने भावना समेत कुण्ठित गरेको भन्दै दोषीलाई कारवाही गरी काम गर्ने वातावरण नबनाएमा आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने जनाएको छ ।

वीरगंज टेलिभिजनका संचालक ध्रुब साहको नेतृत्वमा मालपोत कार्यालयमा आएका सहरुम गद्दी, नेपाली काग्रेसका युवा नेता राकेश यादव, लेखापढी संघका निवर्तमान अध्यक्ष रामाधार साह कलवार, उपाध्यक्ष अलि हुसेन, कोषाध्यक्ष संजित साह कानु, प्रमानन्द साह कानु, केडियाको जग्गामा किचलो खडा गर्ने मुकुल विक्रम शाह लगायतका व्यक्तिहरुले सुनियोजित तरिकाले मालपोत कार्यालयका कर्मचारीहरुलाई अपमानजनक शब्द प्रयोग गरेर हातपात, दुर्व्यवहार, गालीगलौज गरेर कर्मचारीहरुको मान मर्दन गर्नुका साथै काम गर्न अवरोध समेत पु¥याएको कर्मचारीहरुको भनाई छ ।

विज्ञप्तिमा नाम नै उल्लेख गर्दै पत्रकारिताको आचार संहिताको विपरीत टिभी वीरगन्जका सञ्चालक धु्रव साहले गुण्डागर्दी शैलीमा बिना प्रमाण कपोल्कल्पित मिथ्या तथ्यहिन निराधार तर्क गरि कार्यालय प्रमुख लगायत कर्मचारीहरुलाई घुसखोर, अपराधी, बेईमान, भ्रष्टचारी भनेर दुव्र्यवहार गरेको तथा होहल्ला गरि सेवा प्रवाहमा समेत अवरोध गरेको साथै राष्ट्रसेवक कर्मचारीहरुमा मनोबल गिर्नेगरि आम नागरिकमा अनावश्यक भ्रम पैदा हुने व्यवहार गरेको पनि जारी विज्ञप्तिमा जनाईएको छ ।

पत्रकारिता पेशाको मर्यादा भन्दा बाहिर गई बिचौलियाहरुको कुरामा लागेर अराजकशैली प्रस्तुत भई कार्यालय प्रमुखलाई हातपात, दुव्र्यवहार र गालीगलौज गरेकोले दोषीलाई कानून बमोजिम हदै सम्म कारबाही गर्न माग गरेका छन् । घटनाको विषयमा सामाजिक सञ्जाल तथा टीभी विरगंजमा प्रशारित भिडियो क्लीपलाई आधार मानेर छानबिन गरि दोषी उपर कारबाही गर्न उनीहरुको माग छ ।

मालपोत कार्यालय परिसरमै भएको यस्ता अवाञ्छित गतिविधिले कर्मचारीहरु असुरक्षित महशुस गरेको र शान्ति सुरक्षाको प्रत्याभूति हुने गरि उच्च मनोबलका साथ कामकाज गर्ने वातावरण मिलाई नदिएमा कर्मचारीहरुले कामकाज ठप्प गरि आन्दोलनमा जान बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धी पक्षमा जाने विज्ञप्तिमा जनाएको


सम्बन्धित समाचार