Logo

२० भदौ,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेशमा क्रियाशील पत्रकारहरुको लागि १ लाखको स्वास्थ्य बिमा गराउने घोषणा गरेका छन् ।

न्यूज २४ टेलिभिजनको प्रादेशिक ब्यूरो कार्यालय मधेश प्रदेशको उद्घाट समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो घोषणा गरेका हुन ।
उनले प्रदेशका क्रियाशील पत्रकारहरुको १ लाखको स्वास्थ्य बिमा सरकारबाट यही आर्थिक वर्षदेखि सुरु गरिने बताए ।

उनका अनुसार आर्थत् चालू आर्थिक वर्षदेखि क्रियाशील पत्रकारहरुको स्वास्थ्य बिमा लागू हुनेछ । योसंगै सरकारले पत्रकारहरुको लागि ७ लाखको दुर्घटना बिमाको समेत व्यवस्था गरेको उनी बताउँछन् ।

स्वास्थ्य बिमा र दुर्घटना बिमाको रकम प्रदेश सरकारले आफ्नो बजेटमै राखिसकेको मुख्यमन्त्री सिंहले प्रष्टोक्ति छ ।
प्रदेश सरकार पत्रकारहरुसंग सदैव सहकार्य गर्न तयार रहेकोे भन्दै मुख्यमन्त्री सिंहले भने तपाइहरु पनि प्रदेशका सकारात्मक समाचार सम्प्रेषण गर्नतर्फ ध्यान दिन जरुरी रहेको छ ।

उनले भने, ‘मधेश प्रदेशको केन्द्रमा खाली नकारात्मक समाचारहरु आउँछन्, त्यसकारण प्रदेशको सकारात्मक समाचार लेख्न अब तपाइहरु पनि आफ्नो ध्यान केन्द्रित गर्नुहोस । प्रदेशको विकासमा तपाइहरुले कलम चलाउनु भयो भने सबैका लागि फलदायी हुनेछ ।’

पत्रकारहरुको क्षमता अभिवृद्धि एवम उच्च शिक्षा हासिल गर्न चाहने पत्रकारहरुलाई प्रदेश सरकारले छात्रवृतिको समेत व्यवस्था गरेको मुख्मन्त्री सिंहले जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यसहितकाले आफ्नो धारणा राखेका थिए ।


सम्बन्धित समाचार