Logo

२० भदौ,वीरगञ्ज । पर्सा जिल्लामा डिभिजनल बन अधिकृतको रुपमा मञ्जुर अहमद आउँनु बित्तिकै बन क्षेत्र संरक्षणमा तिब्रता आएको छ ।

डिभिजनल बन अधिकृत अहमदको अगुवाईमा ३३.८ क्युफिट काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.३२ बाट बुधबार राती चार थान काठको गोलिया १९.५८ क्युफिट काठ बरामद गरिएको सबैया साझेदारी बनको रेञ्जर भुपाल रोकायेले जानकारी दिए ।

बिशेष सुचनाको आधारमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी र सबैया साझेदारी बनको गस्तीटोलीको सहकार्यमा काठ बरामद गरिएको उनले बताए ।
रामबनबाट टेडारोडतर्फ हुण्डा आकारको ४ वटा साईकलमा चार थान सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा बन गस्ती टोली देखेपछि साईकल र काठ छोडेर तस्करहरु भागेका थिए ।

त्यस्तै मनवा सब डिभिजन कार्यालय सखुवनीयाले बिहिबार १४.२२ क्युफिट काठ बरामद गरेको छ ।पर्सागढी नगरपालिका वडा नं.१ मनवा गाउँमा बाटो छेउँमा राखिएको अवस्थामा दुई थान सालको गोलिया बरामद गरिएको अधिकृत सुमन पाण्डेले जानकारी दिए ।

बरामद काठ र साईकललाई नियन्त्रणमा लिई तस्करहरुको खोजि कार्य भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।


सम्बन्धित समाचार