Logo

२१ भदौ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ५ जिङ्गना गाउँ बाट आज बिहान बन गस्ती टोलिले २ थान सालको गोलिया बरामद गरेको छ ।

पर्साको राष्ट्रिय बन बाट सालको रुख कटान गरि गोलिया बनाई लुकाई छिपाई राखेको अवस्थामा सब डिबिजन बन कार्यालय बडनिहारका जम्दार जित बहादुर तमाङ्गको कमान्डमा खटेको बन गस्ती टोलिले विशेष सूचनाको आधारमा दुई थान सालको गोलिया करिब १५ क्युफिट काठ बरामद गरेको हो ।

बरामद काठ आवस्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय बडनिहारमा राखिएको र काठ कस्को भन्ने अनुसंधान भैइ रहेको जम्दार तमाङ्गले बताए ।


सम्बन्धित समाचार