Logo

२१ भदौ,काठमाडौँ । कृषि मन्त्रालयले ४५ करोड अनुदान वितरण गरेको छ । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष (२०८०–०८१) मा कृषि क्षेत्रमा मात्रै ४५ करोड ७७ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अनुदानबाट ३४ हजार ४४५ कृषक लाभान्वित भएका छन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी झापामा ८ हजार ३८५ जनालाई ७ करोड ५५ लाख ६६ हजार अनुदान रकम वितरण गरिएको छ । दोस्रो नम्बरमा मोरङका ५ हजार ३८५ जनालाई ५ करोड १६ लाख ५५ हजार, तेस्रो नम्बरमा इलामका ५ हजार ८६७ जनालाई ४ करोड ६८ लाख ९३ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ ।

सबैभन्दा कम भोजपुरमा ७०८ जनालाई २ करोड ४ लाख ९६ हजार अनुदान बाँडिएको छ ।


सम्बन्धित समाचार