Logo

२१ भदौ,काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको चार्जिङ स्टेसनमा आगलागी भएको छ । शुक्रबार अपरान्ह १२ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ ।‘आगो के कारणले लाग्यो अनुसन्धान हुँदैछ, आधा घण्टामै प्रहरी, महानगरपालिकाको दमकलसँगै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको अधिकारीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि ४ वटा दमकलको प्रयोग गरिएको थियो । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

 


सम्बन्धित समाचार