Logo

२२ भदौ,वीरगञ्ज । नेपाल प्रेस युनियन पर्साले यही भदौं अन्तिम साता आफ्नो साधारण सभा गर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमित पर्साको आज बसेको बैठकले भदौं २८ गते शाखाको साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रेस युनियनको केन्द्रिय कार्यालय गरेको पत्रचार अनुसार पर्सा शाखाले आफ्नो वार्षिक साधारण गर्न लागेको युनियन पर्साका अध्यक्ष विजय चौहानले बताए । पत्रकार महासंघको चुनाव मिति तोकिएपछि प्रेस युनियन पर्साले साधारण गर्नुको साथै चुनावी रणनीति तय गर्नका लागि समेत साधारण गर्न लागेको अध्यक्ष चौहानले जनाएका छन् ।

साधारण सम्पन्न गर्नका लागि जिल्ला कार्यसमितिले आजै ५ सदस्यीय साधारण सभात तयारी समितिसमेत गठन गरेको छ ।

प्रेस युनियन पर्साको उपाध्यक्ष अली असगर देवानको संयोजकत्वमा ५ सदस्यीय साधारण सभात तयारी समिति गठन गरिएको छ । जसको सदस्यहरुमा कपिलदेव यादव, हुकम सिंह राजपुत, जगबहादुर पटेल र संजय गुप्ता रहेका छन् ।

यसैगरी जिल्ला कार्यसमितिको बैठकले प्रेस युनियनको सदस्यता प्राप्त गर्नबाट छुटेका सक्रिय तथा प्रेस युनियनसंग आस्था राख्ने पत्रकारहरुलाई केन्द्रबाट पुनः नाम समावेश गराउने निर्णय गरेको पर्सा शाखाले जनाएको छ ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान ,कोषाध्यक्ष कपिलदेव यादव ,सदस्यहरु राकेश चौरसिया,नूर आलम, हुकुमसिंह राजपुत,जंगबहादुर पटेल,ओमप्रकाश चौधरी,सन्जय गुप्ता लगायतको सहभागीता थियो ।


सम्बन्धित समाचार