Logo

२२ भदौ,वीरगञ्ज । तेरापंथ युवक परिषद् बीरगन्ज नेपालले बृहत रक्तदान शिविरको आयोजना गर्ने भएको छ । बीरगन्जमा आज एक पत्रकार सम्मेलन गरी परिषद्ले ११ दिवसीय बृहत्त रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको छ ।

जिल्लाको विभिन्न ठाउँमा २५ गतेदेखि असोज ४ गतेसम्म रक्तदान कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । तेरापंथ युवक परिषद् बीरगन्जका सचिव सुमित सेठियाले बृहत्त रक्तदानबाट १५ सय युनिट रगत संकलन गर्ने योजना रहेको बताए ।

उनका अनुसार यसका लागि जिल्लाको विभिन्न ठाउँमा रक्तादन कार्यक्रम आयोजना गरिनेछ । मानवीय सेवाका लागि बृहत्त रक्तादन कार्यक्रम आयोजना गर्न लागिएको तेरापंथ युवक परिषद् बीरगन्जका सचिव सेठियाको भनाइ छ ।

उनका अनुसार यसका लागि रेडक्रस पर्सासहितका संघसंस्थाहरुसंग छलफल तथा अन्य सहकार्यको पाटोमा विशेष छलफल पनि भइसकेको छ । नितान्त मानवीय सेवाको भावनाले बृहत्त रक्तदान कार्यक्रम गर्न लागिएकोले सबैलाई सहभागी हुन तेरापंथ परिषद् अपील गरेको छ ।

विभिन्न उद्योग तथा अस्पतालहरुमा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने कार्यतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

 


सम्बन्धित समाचार