Logo

२२ भदौ,वीरगञ्ज । बीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मधेश विश्वविद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

मधेश विश्वविद्यालयले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको हो । विश्वविद्यालयको सभा हलमा भएको कार्यक्रममा तीन जना महिलासहित ३५ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा मधेश प्रदेश सांसद श्याम पटेलसहित लक्ष्मी साह, रानी साह, रिया चौहान, सुमित कुशवाहा, राजु यादव, अर्जुन श्रीवास्तव लगायतका रहेका रक्तसञ्चार केन्द्र बीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए भने मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


सम्बन्धित समाचार