Logo

२२ भदौ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा मोतियाबिन्दुका बिरामीको सङख्या अत्यधिक रहेको पाइएको छ । नगरपालिकाको वडा नम्बर २ बैरियामा मोतियाबिन्दुका बिरामीको अवस्था रहेको खुलेको हो ।

बैरियामा आज निशुल्क आँखा शिविर आयोजना गरिएको थियो । प्रहरी सामुदायिक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा, हिमालयन क्याटार्याक्ट तथा तिलगंगा आँखा अस्पताल र बहुदरमाई युवा समाजको आयोजनामा शिविर आयोजना गरिएको हो ।

शिविरमा एकसय २० जनाको आँखा चेकजाँच गरिएको थियो । जसमध्ये ६५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको नेपाली काग्रेंसका युवा नेता राकेश यादवले जनाए ।

मोतियाबिन्दुको समस्या देखिएकाहरुको आईतबार (भोलि) बीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।


सम्बन्धित समाचार