Logo

२३ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले विभिन्न ठाउँबाट बरामद गरिएका १० लाख ५० हजार ६ सय मूल्य बराबरको भन्सार छलिका समान भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा, प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटीएको सयुक्त टोलीले वीरगञ्ज–८ र वडा नम्बर १६ बाट उक्त मुल्य बराबरको अवैध समान भण्डारण गरिएको अवस्थामा शनिबार (हिजो) बरामद गरेको छ ।

वडा नम्बर ८ मिनाबजार स्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा भारतबाट भन्सार छली ल्याई भण्डारण गरि राखेको २ लाख ७० हजार १७० मूल्य बराबरको आलु,प्याज बरामद गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

यस्तै हिजो नै प्रहरीले वडा नम्बर १६ नगवा स्थित खुस्बु चक्लेट उद्योगको गोदामबाट ३ लाख ६ हजार ६ हजार ६ सय ३० मूल्य बराबरको समान बरामद गरेको छ । भन्सार छलि ल्याइएका चक्लेट, चिनी र बोरा सिलाउने मेसिनहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सोही स्थानमा रहेको वतन नखुलेको व्यक्तिको घरमा लुकाई छिपाई भण्डारण गरी राखिएको ४ लाख ७३ हजार ८ सय मूल्य बराबरको काजु, खजुर, बदाम, बिस्कुट र किस्मिस लगायतका सामान बरामद गरीएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएका कुल १० लाख ५० हजार ६ सय मूल्य बराबरको उक्त अवैध समान आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको शसस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार