Logo

२३ भदौ,काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु. एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु. ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ५० निर्धारण भएको छ ।


सम्बन्धित समाचार