Logo

२४ भदौ,काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर एक हजार सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार