Logo

२५ भदौ,काठमाडौँ । सत्ता गठबन्धन उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने भएको छ ।

हिजो (सोमबार) बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव गरेका हुन् ।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले हिजोको बैठकमा उपसभामुखको आचरणमा प्रश्न उठाउँदै महाभियोगको प्रस्ताव गर्नुभएको थियो । हिजोको बैठकमा भोलिसम्ममा टुङ्ग्याउने भन्ने भएको थियो । उहाँहरूले आजै दर्ता गर्न पनि सक्नुहुन्छ ।’

दुई ठूला दलले महाभियोग दर्ता गरे साना दलहरूको समर्थन रहने हिजोको बैठकमा नेताहरूले बताएको ती नेताले सुनाए ।

उपसभामुख इन्दिरा रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको छ । पत्रमा उनले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् ।


सम्बन्धित समाचार