Logo

२५ भदौ,सेढवा । पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय जंगलकै सिमासँग जोडिएका मानव बस्तीमा केही दिनदेखि जंगली जनावरले टाण्डव मच्चाएका छन। जंगलमा जनावरको संख्यामा बृद्धि भएको तर संरक्षणको उचित व्यवस्थापन नहुदा सर्वसाधारणले जनधनको क्षति व्योहर्नु परेका छन।

सोमवार दिउसो १ः०० बजे दाउरा लिन जंगल पसेका जिराभवानी गा.पा. वडा नं ५ हरैयाका दशरथ माझी मुस्हर बाघको आक्रमणबाट घाइते भएका छन। त्यस्तै भदौ ७ गते जिराभवानी गाउँपालिका वडा नं ५ सखुवनियाका ६० बर्षिय तुलसी चौधरीको बाघकै आक्रमणबाट ज्यान गुमाएका थिए।

त्यस्तै भदौ १५ गते बिहान ६ः३० बजे जिराभवानी गाउँपालिका वडा नं ५ हरैयाकै दिलिप साह माथि बाघले आक्रमण गर्न प्रयास गरेको साहले बताए। दुग्ध उत्पादन गर्ने किसानहरुको दुध संकलन गरी लैजाने क्रममा बसन्तपुर सब डिभिजन कार्यालयभन्दा पूर्व कल्भर्ट नजिकै बाघ भेटाएको साहले बताए। मोटरसाइकल लड्दा दुधका भाडा ठोकिएर ठूलो आवाज आएपछि बाघ भागेको साहले बताए।

सोही दिन दिउसो १ः०० बजे हरैया निवासी लक्ष्मी महतोको एक वटा पाडोलाई बाघले मारेको बताए। भैसी चराउन गएका गोठालोहरु हो हल्ला गरेपछि बाघ भागेको महतोले बताए। यस क्षेत्रमा बाघ लगायत अन्य जंगली जनावरहरुको आतंकका कारण साझ नहुदै बाटोहरु सुनसान हुने गरेको स्थानीयले जनाएका छन।

उता ठोरी गाउँपालिकामा जंगली हातीले आतंक मच्चाएका छन। गए राती ठोरी गाउँपालिका वडा नं २ इच्छानगरमा हातीले धानबाली नष्ट गरेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बल बहादुर बस्नेतले बताए। हातीले कृष्णबहादुर ज्योती, राम माया प्रजा र आषिश तेलीको करिब एक बिघा धानबाली नष्ट गरेको अध्यक्ष बस्नेतले बताए। त्यस्तै आईतवार राती ठोरी गापा वडा नं ३ ब्रह्मानगरका बाबु श्रेष्ठ, ढलक श्रेष्ठ र रामशरण श्रेष्ठको एक बिघा धानबाली नष्ट गरेका अध्यक्ष बस्नेतले बताए।

सुनाखरी मध्यवर्ती उपभोक्ता समिति सुवर्णपुरका अध्यक्ष भिमबहादुर पाख्रिनले जंगली जनावरका कारण सिमासंग जोडिएका मावनबस्तीमा त्रास छाएको बताए। बदेलले धानबालीमा क्षति गरिरहेका छन भने बाघ र चितुवाले बाख्रा लगायतका घरपालूवा जनावर खादै हिडेको अध्यक्ष पाख्रिनले बताए।त्यस्तै गत माघ महिनामा बाघ मानव बस्तीमा प्रबेश गरी पटेर्वासुगौली गाउँपालिका वडा नं २ का एक जनाको ज्यान लिएका थिए भने दुई जना घाइते भएका थिए। सोही समयमा सखुवाप्रसौनी गाउँपालिका वडा नं १ मा बाघकै आक्रमणबाट एक जना गम्भीर घाइते भएका थिए। बिषेश गरी जंगलको सिमासँग जोडिएका मानवबस्तीका बासिन्दाहरुले यस्ता क्षति खेप्दै आएका छन।


सम्बन्धित समाचार