Logo

२७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसले सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । आफ्ना सांसदहरूलाई उपत्यका बाहिर तत्काल नजान ह्विप जारी गरेको हो ।

काँग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत ह्विप जारी गरिएको काँग्रेसले जनाएको छ ।

उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले काँग्रेसले आफ्ना सांसदहरूलाई यस्तो निर्देशन दिएको हो । काँग्रेसले उपसभामुखले पदीय आचार विपरीतको काम गरेको निष्कर्ष पनि निकालेको छ ।

नेकपा एमालेले पनि यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान र गएको भए फर्कन ह्वीप जारी गरी सकेको छ ।


सम्बन्धित समाचार