Logo

२७ भदौ,काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले प्रशासनलाई जानकारी दियो ।

सचिवालयका अनुसार संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच छलफल चलिरहेको छ ।

सत्तारुढ एमाले र नेपाली काँग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार