Logo

२७ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने भएका छन्। उनले भदौ ३१ गते संसद्लाई सम्बोधन गर्न लागेका हुन।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जानुअघि त्यसबारे जानकारी दिन संसद्लाई सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए।

राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

 


सम्बन्धित समाचार