Logo

२७ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले १५ केजी प्रतिबन्धित लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नं.३ पमौल गम्हरिया बस्ने अन्दाजी बर्ष ३८ का रफिक महमद रहेका छन् । उनले आफ्नैघरमा लागु औषध गाँजा लुकाई छिपाई प्लाष्टिकको झोला भित्र लुकाई राखिएको अवस्थामा १५ केजी गाँजा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बिहीकार दिउँसो १ बजे घर खानतलासी गर्दा प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध गाँजा १५ फेला पारेको र रफिक महमदलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरियामा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार