Logo

२७ भदौ,वीरगञ्ज । वीरगञ्जका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्क घातका कारण वरिष्ठ पत्रकार पाण्डेको निधन भएको आफन्तजनले जानकारी दिएको छ ।

उपचारको क्रममा काठामाडौंको टिचिङ अस्पतालमा आज उनको निधन भएको हो । १५ भदौंमा स्वास्थ्यमा समस्या आएपछि उनी बीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका थिए ।स्वास्थ्य समस्या जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाडौंस्थित टिचिङ भर्ना भएका थिए । बीरगन्जको श्रीपुर निवासी पाण्डे लामो समयदेखि पत्रकारमा गर्दै आएका थिए ।

मृतक पाण्डेको एक छोरा र एक छोरी छन् भने अर्को एक छोरा सहिद भएको परिवारजनले जानकारी दिएको छ । मृतक पाण्डेको आजै पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।


सम्बन्धित समाचार