Logo

२७ भदौ,वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाह नजिकै आज अपरान्ह ट्याङ्करको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

महानगरपालिको वडा नम्बर–१७ अलौंस्थित एकिकृत भन्सार जाँच चौकीको एरियामा बिहीबार अपरान्ह ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याङ्करको ठक्करबाट वीरगञ्ज–१७ अलौंका २२ वर्षिय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते तुराहाको बाराको नौतनस्थित एएलएस न्यूरो अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

ना ६ ख ७५०३ नम्बरको ट्याङ्करको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल दुर्घटना भएको प्रहरी जानकारी दिएको छ ।

यसैबिच ट्याङ्करका चालकले जानाजान मोटरसाइकलमा ठक्कर दिएको भन्दै आक्रोशीत स्थानीयबासीले अलौं चोकमा टायर बालेर सडक प्रदर्शन गरेका छन् । प्रदर्शन रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएको थियो ।


सम्बन्धित समाचार