Logo

२७ भदौ,काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आम साथीहरूको भावना अनुसार नै एमालेसँग सरकारमा गएको बताएका छन् ।

पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीसँगको कुरा सकारात्मक भएपछि पार्टी सहमतिको निष्कर्षमा पुगेको सुनाए ।

उनले भने, ‘हिजो एमाले र माओवादी मिल्दा हाम्रो पार्टीका सबै साथीहरू चिन्तित थिए, डराइरहेका थिए । त्यसैले साथीहरूको भावनाअनुसार मैले एमालेका नेता ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि उहाँले छाड्ने सहमति भएको छ ।’

उनले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति काँग्रेसको नभएको बताए ।

उनले भने, ‘मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो कुरा छैन । हामीले सबैलाई मिलाएर लैजान चाहन्छौँ । हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ । हाम्रो पार्टीमा फर्किनेको संख्या पनि बढेको छ । हाम्रो पार्टीलाई कमजोर बनाउन खोज्दैछन् । त्यसैले सचेत हुनुपर्छ ।’


सम्बन्धित समाचार