Logo

२८ भदौ, काठमाडौँ ।  नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलेको छ ।

प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षकमा २५६ जनाका लागि नयाँ भर्ना खुलेको हो । प्रहरी निरीक्षकमा खुलातर्फ ३५, अमर/अशक्त प्रहरी परिवारमा १, महिलामा ६, आदिवासी जनजातिमा ९, मधेशीमा ८, दलितमा ४ र पिछडिएको क्षेत्रमा एउटा कोटा छुट्याएको छ ।

यस्तै प्रहरी सहायक निरीक्षकमा खुलातर्फ १३८, अमर/अशक्त प्रहरी परिवारमा ५, महिलामा २३, आदिवासी जनजातिमा ३६, मधेशीमा ३१, दलितमा १७ र पिछडिएको क्षेत्रमा ६ वटा कोटा छुट्याइएको छ । पर्सि भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Police-Bharna


सम्बन्धित समाचार