Logo

२८ भदौ,काठमाडौँ । सदस्यता शुद्धीकरणलगायतका कारण विवाद परेको पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन मिति फेरि सरेको छ।

गत भदौ १६ गते सूचना जारी गर्दै असोज ५ गतेका लागि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि हुने भनिएको निर्वाचन मिति फेरि सरेको हो।

तोकिएको मितिमा गत असार २६ मा हुन्छ भनिएको चुनाव सदस्यता शुद्धीकरणलगायतका कारण विवाद पर्दै आएको थियो।

भदौ १६ गते तत्कालिन अध्यक्ष विपुल पोख्रेलले सूचना जारी गरेर असोज ५ गतेका लागि चुनावको मिति घोषणा गरेका थिए। तर, गत सोमबार नै पोख्रेलले पदबाट राजीनामा दिएका थिए। वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष छन्। उक्त समितिले अब असोज १२ गते शनिबारका दिन चुनाव गर्ने गरी मिति तोकेको छ।

विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असोज १२ गते शनिबारका दिन निर्वाचनको मिति घोषणा गरेका हुन्। उनले चुनावको मिति घोषणा गरेर पोखेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि असहज परिस्थिति उत्पन्न भएको बताएका छन्।

मतदाता सूची भने भदौ २९ गते शनिबार सार्वजनिक हुनेछ।


सम्बन्धित समाचार