Logo

२८भदौ,काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक चलिरहेको छ।

बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने एमालेले जनाएको छ। त्यस्तै उपसभामुख इन्दिरा रानाको बारेमा पनि छलफल गरी पार्टीको धारणा बनाउने एमाले नेताहरूको भनाइ छ।

बैठकमा संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा पनि छलफल गर्ने कार्यसूची छ।

 


सम्बन्धित समाचार