Logo

३० भदौ, काठमाडौँ । जापानमा गर्मी बढेपछि जनजिवन प्रभावित भएको छ । जापानको मौसम विज्ञान निकाय जे.एम.ए का अनुसार जापानको समग्र तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै मध्य टोकियोको चियोडामा ३४ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । अत्यधिक गर्मीको मारमा वृद्धवृद्धा परेकाले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन अपील जारी गरिएको छ । सयौ मानिस अस्पताल भर्ना भएका छन् ।

गर्मी धेरै बढेपछि जापान सरकारले सडकमा पानी हालेर चिसो पार्ने काम जारी राखेको छ । व्यापार व्यवसायमा समेत असर परेको छ ।

अधिकांश पसलहरु बन्द गरिएका छन् । तापक्रम अझै केही दिन बढ्ने अनुमान गरिएको छ भने आगामी साता वर्षा हुनसक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार