Logo

३० भदौ, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले लेखेका छन् -‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईँहरूका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैँ झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’


सम्बन्धित समाचार